भोलिदेखि ‘सोह्र श्राद्ध’ अर्थात् पितृ पक्ष शुरु

भोलिदेखि ‘सोह्र श्राद्ध’ अर्थात् पितृ पक्ष शुरु

काठमाडौँ : हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक अनुष्ठान ‘सोह्र श्राद्ध’ अर्थात पितृ पक्ष आजदेखि शुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि शुरु भई औँसीसम्म चल्ने यो पक्षमा दिवंगत पितृहरूको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गर्दै कृतज्ञता प्रकट गरिन्छ । धार्मिक मान्यतानुसार, पितृ पक्षका बेला दिवंगत पितृहरू पिण्ड र जलको आशामा मृत्युलोकमा झर्ने गर्दछन्।

दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्वहरू मनाउनुअघि पितृलाई खुसी पार्नु र उनीहरूप्रति श्रद्धा अर्पण गर्नुलाई नेपाली समाजमा विशेष महत्वका साथ लिइन्छ। सोह्र श्राद्धको पहिलो दिन विशेषतः कुश, तील, जौ र द्रव्य लिएर ऋषिमुनिहरूप्रति श्रद्धा प्रकट गरिँदै ‘अगस्त तर्पण’ गर्ने परम्परा छ। यसका साथै दिवंगत पूर्वजहरू बितेको तिथिअनुसार बाँकी दिनमा श्राद्ध कर्म गरिन्छ। यस कार्यले पितृहरूको आत्मालाई शान्ति प्राप्त हुने र सन्तानले पितृ ऋणबाट मुक्ति पाउने धार्मिक विश्वास छ।

शास्त्रानुसार पितृहरूको सम्मानमा गरिने यस्ता कर्मबाट पितृहरूको आशीर्वाद प्राप्त हुने र जीवनमा आइपर्ने बाधा–अड्चनहरू हट्ने जनविश्वास छ।  यो समयमा पितृकर्म पूरा नभएमा पितृहरूको असन्तुष्टिले विभिन्न समस्या आउन सक्ने मान्यता रहेको छ। 

प्रतिकृया दिनुहोस्

विजया दशमीको टीकाको साइत बिहान १०:२६ बजे

  काठमाडौँ : यो वर्षको विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले अनुसार बिहान ८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजे टीका ...

विराटनगरमा राधाकृष्णको रथयात्रा

विराटनगर : शनिबार विराटनगरमा राधाकृष्णको रथयात्रा निकालिएको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्णको युगल जोडीको रथयात्रा निकाल्ने गरिएको छ। वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट प्रारम्भ भएको यात्रा २०२५ सालदेखि ...

बुधवार मुस्लिम समुदायका लागि मधेस प्रदेशमा बिदा

  जनकपुर : मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर यही भदौ १० गते बिदा दिने निर्णय गरेको छ। मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका ...

पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी !

  काठमाडौंं: छात्रावास (होस्टेल) नाम सुन्नेबित्तिकै हामी सम्झिन्छौँ,-जहाँ घरबाट टाढा अध्ययन गरिरहेका विद्यार्थीहरू ढुक्कले बस्न र खानका लागि निकै सहज तथा सुरक्षित विकल्प हो। हामी त्यही साेच्छाैँ। होस्टेलमै समयमा खान पाइने,सुरक्षित,बिरामी हुँदा हेरचाह हुने ...

म सुतुवा मन्त्री होइन है : राष्ट्रियसभामा निदाएको तस्वीर राख्दै महावीर पुन

काठमाडौँ : विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रियसभामा निदाएको तस्वीर फेसबुकमा राख्दै आफू सुतुवा मन्त्री नभएको स्पष्ट पारेका छन्। आज राष्ट्रियसभामा गर्मीले झपक्क निदायको स्वीकार गर्दै मन्त्री पुनले लेखेका छन्, ...

एमबीएस प्रश्नपत्र लिक प्रकरण, यसरी बाहिरिएको थियो ह्वाट्सएपबाट

त्रिभुवन विश्वविद्यालयको एमबिएस प्रथम सेमेस्टरको प्रश्नपत्र ह्वाट्सएपमार्फत सार्वजनिक भएपछि त्रिविले छानबिनका लागि प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न सुलभ सर भनिनेसहित ...

पत्रपत्रिका

सबै