एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली

एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली

काठमाडाैँ : एक समय एशियाली खेलकुदमा नेपालका बक्सिङ खेलाडीले सुखद् नतिजा दिएको गर्विलो इतिहास छ। सात दशकभन्दा बढी लामो इतिहास बोकेको एशियाली खेलकुदको १९ औं संस्करण सम्पन्न हुँदा नेपालले बक्सिङमा ६ वटा काँस्य पदक जितिसकेको छ।

जुन नेपाली खेलकुदका लागि यो सफलता दिने दोस्रो ठूलो खेल हो। तेक्वान्दोले एक रजतसहित १४ पदक एशियाली खेलकुदमा जितेको इतिहास छ।

तर एशियाली खेलकुदमा नेपालका लागि सबैभन्दा राम्रो नतिजा दिने दोस्रो सफल खेल पछिल्ला तीन संस्करणमा नतिजाविहीन बन्दै आएको छ। सन् २०१० को एशियाली खेलकुदयता नेपाली बक्सरले पदक दिलाउन सकेका छैनन्। लामो समयदेखि तयारी र पछिल्ला समय अन्तर्राष्ट्रिय स्तरमा सुखद नतिजा दिलाएकाले यसपल्ट २० औं एशियाली खेलकुदमा नेपाली बक्सिङले पदक जित्ने आशा गरेको छ। 

मिसन २०२६ को नामबाट तत्कालीन सदस्यसचिव टंकलाल घिसिङले गत एशियन गेम्स सकिएलगत्तै यस संस्करणको तयारी गराएका थिए। त्यो तयारी निरन्तरता हुँदा खेलाडीमा पनि आत्मबल बढेको छ।

नेपाली टोलीका प्रशिक्षक दीपक महर्जनले पनि लामो समय देखिको तयारी र चन्द्रबहादुर थापाले आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा जितेको ऐतिहासिक काँस्य पदकले सबैलाई प्रोत्साहित गराएको बताएका छन्।

पछिल्ला समयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि खेलाडीलाई राम्रो सेवासुविधा दिएकाले थप हौसला बढेको उनको विश्वास छ। दुई जना खेलाडीले तीन वर्षको तयारीमा केही समय छुटाए पनि अन्यले नियमित राष्ट्रिय टोलीमा प्रशिक्षण गर्दै आएको उनी बताउँछन्। उनले चन्द्रबहादुरसँगै अन्य खेलाडीबाट पनि पदक जित्ने आशा गरे। 

एशियन गेम्सका लागि नेपालका सात बक्सरले जापानमा हुने २० औं एशियाली खेलकुदका लागि भारतको आसामस्थित गुवाहटीमा गर्दैछन्। नेपाली खेलाडीले स्पोटर््स अथोरिटी अफ इण्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिने प्रशिक्षणमा रहनेछन्। जहाँ विश्व च्याम्पियन बक्सर उत्पादन भइसकेका छन्।

नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले त्यो स्थानमा प्रशिक्षणपछि खेलाडीमा थप आत्मबल बढ्ने आशा गरे। भारतका उत्कृष्ट प्रशिक्षक पनि नेपाली खेलाडीको प्रशिक्षण जोडिनेछन्।

त्यो प्रशिक्षणले खेलाडीको टेक्निकल रूपमा पनि सुधार आउने उनको विश्वास छ। यसबीच पनि ट्रायल म्याच र स्किल टेस्ट हुने प्रशिक्षक महर्जन बताउँछन्। 

पछिल्लो तीन संस्करण नेपालको बक्सिङ एशियाली खेलकुदमा पदकविहीन रहँदै आएको छ। पछिल्लोपल्ट सन् २०१० को ग्वाङ्झाउ एशियन गेम्समा नेपालले काँस्य जितेका थियो। त्यो एशियन गेम्सका पदक विजेता उनै दीपक महर्जन हुन्।

हाल प्रशिक्षकको भुमिका रहेका दीपक आफूले पूरा गर्न नसकेको सपना खेलाडीबाट सम्पन्न गर्ने आशा व्यक्त गरेका छन्। उनले सबैभन्दा धेरै आशा चन्द्रबहादुर राखेका छन्। किनकी चन्द्रले आफूलाई प्रमाणित पनि गरिसकेका छन्।

अन्य खेलाडीले पनि पदक जित्ने प्रशिक्षक दीपकको विश्वास छ। सबै खेलाडी फिट र उत्साहित रहनु नै महत्वपूर्ण पक्ष रहेको उनी बताउँछन्।  जापानको आइची/नागोया शहरमा आगामी असोज ३ गतेदेखि शुरु हुँदैछ। नेपालका चार पुरुष र तीन महिला बक्सरल एसियाली खेलकुदमा चुनौती दिँदैछन्।

चन्द्रबहादुरले तयारी राम्रो भएकाले बताए। त्यसैले सबैको आशाअनुरूप पदक जित्नेमा आफू आशावादी रहेको विश्वास व्यक्त गरे। भारतको प्रशिक्षणले थप अनुभव बढ्ने उनको आशा छ। फाइट पार्टनरसँग केही समय खेल्दा आफ्नो स्तर मापन हुने र सुधार गर्ने अवसर मिल्ने चन्द्रबहादुर बताउँछन्। त्यहाँको प्रशिक्षणले सबै खेलाडीमा प्रोत्साहन मिल्ने उनको आशा छ। 

१६ वर्षदेखि एशियन गेम्समा पदकविहीन यात्रामा पूर्णविराम लगाउनेमा खेलाडीहरू पनि विश्वस्त छन्। यसका लागि सबै खेलाडीले धेरै मिहेनत पनि गरेका छन्। एशियाली खेलकुदमा नै पदक जितेका प्रशिक्षक टोलीमा हुँदा उनीहरूमा आत्मबल बढेको छ।

प्रशिक्षक दीपक महर्जनभन्दा पनि राम्रो नतिजा दिलाउने लक्ष्यसहित आफूहरूले मिहेनत गरेको खेलाडी रमिशा श्रेष्ठ बताउँछन्। पहिलो चरणमा खेलाडी आशावादी र मानसिक रूपमा पदक जित्छौं भन्नेमा विश्वस्त नभए सफल नहुने रमिशाको बुझाइ छ।

उनले भारतमा धेरै खेलाडीसँग स्पाइरिङ पार्टनर हुनु आफूहरूका लागि अर्को महत्वपूर्ण पक्ष रहेको उल्लेख गरिन्। बक्सिङमा राम्रो गरेको भारतमा प्रशिक्षण सुखद पक्ष रहेको रमिशाको विश्वास छ। तयारीसँगै एशियन गेम्सका लागि आवश्यक सामग्री पनि समयमा उपलब्ध भए राम्रो हुने उनले बताइन्। 

सात खेलाडीसहित ९ सदस्यीय नेपाली टोली आसाम गइसकेको छ। पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिष्पर्धा गर्ने छन्।

महिला ५१ केजीमुनि रमिशा, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोली त्यत्तैबाट जापान जाने तालिका छ। सात खेलाडीमध्ये रविनले दोस्रोपल्ट एसियन गेम्स खेल्न लागेका हुन्। रविनले १९औं एसियाली खेलकुदमा प्रतिष्पर्धा गरेका थिए। नेपाली टोलीको अर्का प्रशिक्षकमा राज श्रेष्ठ छन्।

दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा भएको १० औं संस्करणदेखि नेपालको बक्सिङले पदक जितेको हो। त्यसबेला चार काँस्य पदक जितेको थियो। बाँकी दुई संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो।

सन् १९९० मा चीनको बेइजिङमा भएको ११औं संस्करणमा चित्रबहादुर गुरुङले र पछिल्लोपल्ट दीपकले १६औं संस्करणमा पदकविहीन हुनबाट जोगाएका थिए। उनै दीपक टोलीको प्रशिक्षक रहँदै फरक भूमिकाबाट पदक दिलाउने लक्ष्यमा छन्।

प्रतिकृया दिनुहोस्

यु–१८ फुटबलमा बागमती र मधेशको टोली च्याम्पियन

काठमाडौँ : बागमती प्रदेशको मनकामना स्कुल र मधेश प्रदेशको जनज्योति सेकेण्डरी स्कुल एशियन पेन्ट्स अन्तरविद्यालय यु–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल च्याम्पियनसिपको च्याम्पियन भएका छन्।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार भएको फाइनलमा ...

एसियन गेम्सका लागि नेपाली बक्सरले भारतमा तयारी गर्दै

काठमाडौँ : नेपालका सात बक्सरले जापानमा हुने २० औं एशियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । जापानको आइचीनागोया शहरमा असोज ३ गते शुरु हुने एसियाली खेलकुदमा नेपालका ...

दुई महादेशीय च्याम्पियन विश्वविजेता बन्न भिड्दै

img

काठमाडौं । ४८ टोली, १०४ खेल र अन्तिममा एक विजेता । ९६ ...

विश्वकप फाइनलमा हुँदैछ गुरु र शिष्यबीच रणनीतिक भिडन्त

काठमाडौं । सोमबार बिहान न्यु जर्सीमा विश्वकपको ट्रफी उचाल्ने टोली केवल उत्कृष्ट खेलाडीले मात्रै तय गर्ने छैन । अर्जेन्टिना र स्पेनबीचको फाइनलमा दुई प्रशिक्षकबीचको रणनीतिक लडाइँ पनि उत्तिकै निर्णायक हुनेछ ...

विश्वकपमा युरोपियन टोलीको वर्चस्व : क्वार्टरफाइनल खेल्ने ८ मध्ये ६ टोली युरोपका

img

काठमाडौं । विश्वकप उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्किकोमा आयोजना हुँदा अहिलेसम्मकै ...

विश्वकपमा नयाँ इतिहास : जब मैदानमा एकसाथ उत्रिए ३ महिला रेफ्री

काठमाडौं । अटलान्टा स्टेडियम । बिहीबार, जुन १८ समूह ए अन्तर्गतको खेल सुरु हुन केही मिनेट मात्र बाँकी थियो । स्टेडियमका हजारौँ दर्शकको नजर मैदानतर्फ थियो । चेक गणतन्त्र र दक्षिण ...

पत्रपत्रिका

सबै