कांग्रेस महाधिवेशनमा ५० भन्दा बढीले लिए उम्मेदवारी फिर्ता
काठमाडौँ : नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीसहित र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका करिब ५० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचारप्रसार समितिले बुधवार साँझ महाधिवेशनस्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो।
प्रचारप्रसार समितिकका संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेले पदाधिकारीतर्फ सभापतिका उम्मेदवार किशोरसिंह राठौर तथा उपसभापतिका उम्मेदवार डा. मीनेन्द्र रिजाल र आफू स्वयंले समेत उम्मेदवारी फिर्ता लिएको जानकारी दिए। उनले क्लस्टरतर्फ १५ जना उम्मेदवारले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
चालिसेले भने, ‘केही साथीले उम्मेदवारी फिर्ता लिनुभएको छ। पदाधिकारीमा सभापतिमा उम्मेदवार किशोर सिंह राठौर‚ उपसभापतिका उम्मेदवारमा मीनेन्द्र रिजाल र म आफैँले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको अवस्था हो। यसका साथै ४० जना र क्लस्टरमा १५ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ।’
..jpeg)