लिङदेनको दावी - सबै दल असफल, अब राप्रपाले मात्र निकास दिन सक्छ

लिङदेनको दावी - सबै दल असफल, अब राप्रपाले मात्र निकास दिन सक्छ

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई राप्रपाले मात्रै निकास दिने दावी गरेका छन्।  नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

देशका अन्य राजनीतिक दलहरू असफल भइसकेको उनको भनाइ छ। उनले देशको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादल मडारिरहेको बताउँदै यस्तो समयमा राप्रपाले निकास दिने बताएका हुन्।

उनले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिनुपर्नेमा जोड दिए। उनले पार्टीको आगामी महाधिवेशनमार्फत पार्टीलाई पुनर्जीवन दिने गरी पुनर्गठन गर्नुपर्ने बताए। त्यसका लागि महाधिवेशनको तयारीमा जुट्न उनले नेता कार्यकर्तालाई आग्रह गरे।

उनले पार्टी संगठन विस्तार नगरी राप्रपा ठूलो बन्न नसक्ने भन्दै सबैका लागि ढोका खुला गर्नुपर्ने बताए। उनले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको पार्टीको एजेण्डा स्थापित गर्न संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको बताए।

लिङदेनले भने, ‘सबै राजनीतिक दल असफलताको बाटोतर्फ गइराखेका छन्। यस्तो वेला देशलाई निकास र दृष्टि दिने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी हो। त्यसैले हामी नयाँ ढङ्गले जानुपर्छ।’ आसन्न महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरको उपमा उपयोग गर्नुपर्नेमा उनको जोड छ।

प्रतिकृया दिनुहोस्

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा गगन थापाको जोड

पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताएका छन्। पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले आज यहाँ आयोजना गरेको ...

एमालेले आगामी मंसिर पहिलो हप्ता काठमाडौँमा राष्ट्रिय भेला गर्ने

काठमाडौँ : नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ।  भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित संघ प्रदेश र पालिकाका जनप्रतिनिधि उपस्थित ...

शक्तिशाली गगन, गुटविहीन कांग्रेस

काठमाडौं । कांग्रेस सभापति गगन थापाले जारी १५ औं महाधिवेशनको बन्दसत्र समापन गर्दै पार्टीभित्र अब कुनै पनि गुटबन्दी नरहेको घोषणा गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदन अनुमोदनको अनुमति लिन र ...

कांग्रेस महाधिवेशनमा ५० भन्दा बढीले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ : नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीसहित र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका करिब ५० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचारप्रसार समितिले बुधवार साँझ महाधिवेशनस्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै यस्तो ...

कांग्रेसको १९ जना निर्वाचित पदाधिकारीका लागि को-को बने उम्मेदवार ?

img

काठमाडौं । कांग्रेसको १५ महाधिवेशनबाट पदाधिकारीमा चुनिनका लागि निर्वाचित हुने १९ पदाधिकारीका ...

कांग्रेस महाधिवेशन : कुन पदको उम्मेदवारका लागि के चाहिन्छ योग्यता ?

काठमाडौं । कांग्रेसको जारी १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि सोमबारदेखि निर्वाचन कार्यक्रम सुरू भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, नामावली उपर दावी–विरोध, दावी–विरोध उपर जाँचबुझ ...

पत्रपत्रिका

सबै