प्रधानमन्त्री राहत कोषमा छ अर्ब ३६ करोड सङ्कलन

प्रधानमन्त्री राहत कोषमा छ अर्ब ३६ करोड सङ्कलन

काठमाडौँ : बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज साँझसम्म प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खाताहरूमा छ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ जम्मा भएको छ। 

जसमध्ये १ अर्ब रूपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासका भएपछि अहिले कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ मौज्दात छ।

यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर जम्मा भएको छ। आर्थिक सहयोगका लागि कतिपय देश तथा सङ्घसंस्थाहरूले प्रतिवद्धता समेत जनाएका छन्।

कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै रहेको जनाएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

काठमाडौँ : रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात ...

राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण मिति नतोक्ने, नियमित दिने

img

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा ...

सेयर बजारले किन पत्याएन सरकारको कार्ययोजना ?

काठमाडौं । सोमबार साँझ सेयर बजार सुधारका लागि भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्यायोजना ल्याए । कार्यायोजना ल्याएको भोलिपल्टको सेयर बजार प्रिओपनिङमा ८५ अंक बढे पनि ...

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

  काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर दुई हजार ५३८ दशमलव ११ मा पुगेको ...

तातोपानी नाका पनि बन्द

      काठमाडौं । चीन सरकारले रसुवागढीमा आएको बाढीपछि तातोपानी नाकासमेत बन्द गरेको छ । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीन सरकारका तर्फबाट भन्सार कार्यालयका नाममा इमेल गरिएको छ ...

सरकार र दुर्गा प्रसाईंको समूहबीच १४ बुँदे सहमति, धर्नासहितका आन्दोलन अन्त्य

काठमाडौँ : नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालबीच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि ...

पत्रपत्रिका

सबै