पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतवारदेखि सुधार हुने

काठमाडौँ : नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए पनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ। मौसम विज्ञान विभागकाअनुसार आOतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ।

पश्चिमी भूभागतर्फ भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो समय गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टामा ती प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको उनले बताए। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई र खोँच क्षेत्रमा बाढीको जोखिम बढेको छ।

भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्युन चापीय प्रणाली विस्तारै नेपालतर्फ सर्दै गएको उनले बताए। यसको प्रभाव विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्ने उनको भनाइ छ।

उनकाअनुसार आईतवार दिउँसोसम्म वागमतीको पश्चिमी भूभाग, मधेशको पश्चिमी भू–भाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

केही स्थानमा भारी वर्षा हुनसक्ने उनले बताए। पूर्वी नेपालतर्फ भने मौसम क्रमशः सुधार हुँदै गएको उनको भनाइ छ। केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुने उनले बताए।

लगातारको वर्षाका कारण कमजोर पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहेकोले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे। अत्यावश्यक यात्रा गर्नुपरेमा प्रहरीसँग सम्पर्क गरी बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न उनको सुझाव छ। 

प्रतिकृया दिनुहोस्

देशभरबाट बिदा भयो यो वर्षको मनसुन

काठमाडौँ : यो वर्षको मनसुन आजदेखि नेपालबाट बाहिरिएको छ।   २०८३ असोज २८ गते (२०२६ अक्टोबर १४ तरिख) का दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको हो। असोज १७ गतेबाट बहिर्गमन ...

बूढीगण्डकी बाढीमा हिमपहिरो पनि जिम्मेवार

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीमा हिमपहिरोसहित ठूलो पहिरोको भूमिका रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक प्रतिवेदनले देखाएको छ। चुमनुब्री गाउँपालिका–६ स्थित उङ्दिलुङ खोलाको सिरानमा ...

पर्यावरणमैत्री पूर्वाधारमा ध्यान दिऊँ : एमाले नेत्री भण्डारी

काठमाडौँ : नेकपा (एमाले)की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि वातावरण संरक्षण र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन्। सोमवार काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश ...

माथि कालो हिमाल छ, तल बूढीगण्डकी कालै बगिरहेछ

गोरखा । बूढीगण्डकी बाढीको उद्गम पहिल्याउँदै हामी आइतबार अपराह्न उत्तरी गोरखाको हिमाली शृंखलासम्म पुग्यौं । सामुन्नेमा देखिएको चामर हिमालदेखि थोरै मुन्तिर चुङ्चेत गाउँ देखियो । त्यहाँ केही घर र छाप्रामात्रै ...

कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसमबारे ब्रिफिङ, पूर्वतयारी कस्तो छ ?

img

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसम सम्बन्धमा जानकारी ...

बाढीको क्षति पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने सरकारको अनुमान ऊर्जा र सडकमा व्यापक क्षति

  काठमाडौं : यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग ...

पत्रपत्रिका

सबै